IME Life New

अधिकांश सूचकमा कामना सेवाको उत्कृष्ट प्रदर्शन, करिब ६७%ले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष (आव) २०८०।८१ मा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। आज सार्वजनिक गरेको गत आवको वार्षिक वित्तीय विवरणबाट यस्तो देखिएको हो।

समीक्षा वर्षमा बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

गत आवमा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकको लाभांश वितरण क्षमता करिब ११ प्रतिशत देखिन्छ।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.२१ प्रतिशत रहेको छ। अघिल्लो एनपीएल ३.०९ प्रतिशत रहेको थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ३० करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५२ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो।

गत आवमा बैंकको सञ्चालन मुनाफा ९७ करोड ८४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६३ करोड ९१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा २.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको कामना सेवा विकास बैंकको रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५ करोड २७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ।

समीक्षा वर्षमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा वर्षमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ११.०१ प्रतिशत थियो। ईपीएस ६६.९४ प्रतिशतले बढेको छ।

बैंकको पीई रेसियो २२.६३ गुणा र प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS