IME Life New

सूर्यज्योति लाइफको उपहारै उपहार योजनाका भाग्यशाली विजेताको नाम घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल वालेटमार्फत् सूर्यज्योति लाइफ इन्स्योरेन्सको नविकरण बीमाशुल्क भुक्तानी गर्नेमध्ये भाग्यशाली विजेताको नाम इन्स्योरेन्सले घोषणा गरेको छ। इन्स्योरेन्सको प्रधान कार्यालयबाट मंगलबार लाइभ कार्यक्रममार्फत् भाग्यशाली विजेताको छनौट गरेको हो ।

असार २४ गतेदेखि ३१ गतेसम्ममा डिजिटल माध्यमबाट नविकरण बीमाशुल्क भुक्तानी गरेका बीमितमध्ये शिला खुलालले एकथान स्मार्ट मोबाइल सेट जित्न सफल भएकी छिन् ।

Esewa
Crest
फेसबुक लाइभमा भाग्यशाली विजेताको छनाैट गरिंदै ।

यसैगरी दैनिक उपहार विजेता अन्तर्गत नवराज परियार, लालकाजी तामाङ, दिसाब कार्की,सुमन ढकाल, दिपसागर जिएम, बिर्ख कामी, सुभाष शर्मा र विनोद बहादुर ओली रहेका छन् । दैनिक उपहार विजेताले सूर्यज्योती लाइफको लोगो अंकित ब्याक प्याक ब्याग वा छाता उपहार प्राप्त गर्नेछन् ।

इन्स्योरेन्सले नगद रहित कारोबारलाई प्रोत्साहन गर्न नविकरण बीमाशुल्क भुक्तानीमा उपहार योजना सञ्चालन गरिएको जानकारी दिएको छ। अभियानका क्रममा व्यापक सहभागिताका लागि बीमितलाई धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS