IME Life New

आज अन्तिम दिन सूर्योदय वोमी लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदनको ओइरो लागेको छ । आज अन्तिम दिन साझ ५ बजेसम्मको तथ्यांकअनुसार संस्थाको एफपीओमा १६ लाख ५६ हजार बढीले आवेदन दिएका छन् ।

संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गरेको छ। आज साझ ५ बजेसम्म यो एफपीओमा १६ लाख ५६ हजार ८२६ आवेदकबाट कुल २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ३७ हजार ९ सय कित्ता शेयर खरिद आवेदन परेको छ।

Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाउनेछन्।

लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गरेको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ बिक्री खुला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS