IME Life New

एनआईसी एशिया लघुवित्तको सीईओमा जोशी नियुक्त, ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त सीईओ चोलराज शर्मा जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् ।

संस्थाको सहायक कम्पनी एनआईसी एशिया बैंक लिमिटेडबाट डेप्युटेट भई साउन ४ गते देखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आइरहनुभएका लक्ष्मण चालिसेलाई बैंकको निर्णयानुसार साउन ६ गतेबाट लागु हुने गरी कल ब्याक गरिएको हुँदा साउन ६ गते बसेको संस्थाको सञ्चालक समितिको २२२औँ बैठकले बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं ७ स्थायी ठेगाना भई हाल काठमाडाँैं जिल्ला, जडिबुटी वडा नं ३२ बस्ने वर्ष ५३ का चोलराज शर्मा जोशीलाई साउन ७ गतेबाट लागु हुने गरी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षको कार्यकालको लागि नियुक्त गरिएको हो ।

Esewa
Crest

लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीूले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS