IME Life New

राजनीतिक नेतृत्वले आशाको सञ्चार गर्न नसक्दा स्वदेशभित्रै अवसर नदेखेर विदेशिने बढ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैधानिक रूपमा नै श्रम स्वीकृति लिएर मुलुक छोड्ने जनशक्तिको संख्या गत आर्थिक वर्षमा पनि बढेको छ । स्वदेशभित्रै रोजगारीको अवसर नदेखेपछि विदेशिनेको ताँती बढेको हो ।

एक वर्षको अवधिमा १२ लाख नेपाली विदेशिएका छन् । उच्च शिक्षा, वैदेशिक रोजगारी र पर्यटकीय भिषामार्फत् यति ठूलो संख्यामा नेपाली नागरिक विदेशिएका हुन् ।

Esewa
Crest

राजनीतिक अस्थिरता र आर्थिक मन्दीका कारण नागरिकको आत्म विश्वास कमजोर हुँदै जान थालेपछि तन्नेरी पुस्तालाई अभिभावकले नै विदेश पलायन हुन प्रोत्साहन दिन थालेका छन् । तन्नेरीलाई स्वदेशमै टिकाई राख्नका लागि सरकारसँग न कुनै योजना छ, नत आफ्नो छोराछोरीलाई नेपालमै भविष्य उज्वल छ भनेर आश्वस्त पार्न सक्ने अभिभावकसँग कुनै आधार ।

नेपालको राजनीतिक अस्थिरतबारे व्यङ्ग्य गर्दै फ्रान्सको अनलाइन अखबार ले मोण्डेले नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीले प्रधानमन्त्री पदको सपथग्रहण गरेको प्रसङ्ग उल्लेख गर्दै लेखेको छ, राजनीतिक अस्थिरताको ओलम्पिक खेलकुदमा नेपालले शिर्ष स्थान हासिललाई निरन्तरता दिएको छ।

पछिल्लो समयमा १२ कक्षाको अध्ययन पुरा गरेलगत्तै विदेशिने तन्नेरीको संख्या ह्वात्तै बढेको छ। अध्ययन भिषामा मात्र १ लाख १७ हजार तन्नेरी विदेशिएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल त्रिभूवन विमानस्थलबाट दिनहुँ विदेशिनेहरूमा उच्च शिक्षाका लागि अष्ट्रेलिया र युरोपेली मुलुकलाई गन्तव्य बनाएर विदेशिनेहरूको उल्लेख्य ताँती देखिने गरेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा पहिलो पटक श्रम स्वीकृति लिएर सात लाख ४१ हजार नेपाली विदेशिएका छन् । यसैगरी पुनः श्रम स्वीकृति लिएर गएका जनशक्तिको संख्या १ लाख ५ हजार छ।

वैदेशिक रोजगारीका लागि अहिले युरोपेली मुलुकलाइ गन्तव्य बनाएर श्रम स्वीकृति लिनेको संख्या बढेको छ । विभागका अनुसार संख्यात्मक हिसाबले खाडी मुलुक संयुक्त अरब इमिरेट्स जानेको संख्या उल्लेख्य छ । खाडी मुलुक दुबईमा मात्र गत आवमा १७ हजार महिला सहित एक लाख ३१ हजार गएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार गत आर्थिक वर्षमा दुई लाख ३८ हजार भन्दा बढी नेपाली नगारिक पर्यटक भिषामार्फत विदेशिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS