Connect IPS
IME Life

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच नगदरहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटर नेपाल यातायात प्रालिको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब ट्याक्सी व्यवसायीहरुले प्रभु बैंकमा रहेको आफ्नो खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

विभिन्न बैंक वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको हो ।

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआर मार्फत सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । व्यवसायमा आबद्ध २ सयभन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

नयाँ सम्झदताबाट पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS