Connect IPS
IME Life

एसबिआई बैंकको भन्सार कार्यालय स्थित एक्सटेन्सन काउन्टर र महेन्द्रनगर शाखा स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय÷भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्६र, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS