Connect IPS
IME Life

निर्जीवन बीमकको कुल बीमाशुल्क आर्जन रु. ४१.१६ अर्ब, सर्वाधिक व्यापार गर्नेमा शिखर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो १ वर्षको अवधिमा १४ निर्जीवनले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार आव २०८०।८१ मा सर्वाधिक व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

दोस्रो सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कुल बीमाशुल्क आर्जनको हिसाबले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको छ।

यसैगरी गत आर्थिक वर्षमा हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यो एक वर्षको अवधिमा युनाइटेड अजोडले २ खर्ब ७२ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २८ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै आव २०८०।८१ मा प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS