IME Life New

हालसम्म ठूलो सम्झौता नजिक गुगल, २३ अर्ब डलरमा किन्दै यो कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुगलको माउ कम्पनी अल्फाबेटा हालसम्मकै ठूलो सम्झौता नजिक पुगेको छ। यो कम्पनीले साइबर सेक्युरिटी स्टार्टअप कम्पनी विज किन्ने सम्झौता लगभग टुंगिन लागेको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ।

विजलाई अल्फाबेटाले २३ अर्ब डलरमा किन्न लागेको खबर सार्वजनिक भएको छ। यद्यपि दुवै कम्पनीले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

Esewa
Crest

गुगलको कम्पनी खरिदको यो सम्झौता उसको इतिहासमै सबैभन्दा ठूलो हो। विजले क्लाउड कम्प्युटिङका लागि साइबर सेक्युरिटी सफ्टवेयर निर्माण गर्दै आएको छ।

विजले गत वर्ष भेन्चर क्यापिटल इन्भेस्टर्सबाट १ अर्ब डलर संकलन गरेको थियो। त्यसपछि गुगलले विजलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाएको हो।

एक दशकअघि गुगलले १२.५ अर्ब डलरमा मोटोराला खरिद गरेको थियो। जुन अहिलेसम्मकै ठूलो डिल हो। यदि विज प्राप्तिको सम्झौता सफल भएमा यो हालसम्मकै ठूलो हुनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS