IME Life New

एभरेष्ट बैंकले रु. ३ अर्बको ऋणपत्र ल्याउने, लगानीकर्तालाई ब्याज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमो एभरेष्ट बैंकले ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउनेछ। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बैंकले बिक्री गर्नेछ।

Esewa
Crest

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।

एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS