IME Life New

झन्डै दोब्बरले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता,एक वर्षमै करिब ६२ अर्ब रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक लगानी प्रतिबद्धता झन्डै दोब्बरले बढेको छ। आर्थिक वर्ष (आव) २०७९।८० को तुलनामा आव २०८०।८१ मा वैदेशिक लगानी प्रतिबद्धता झन्डै दोब्बरले बढेको हो।

उद्योग विभागले गत आर्थिक वर्ष २०८०।८१ मा विदेशी लगानीकर्ताबाट झन्डै ६२ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त गरेको छ। विभागका अनुसार कुल ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको लगानी गर्ने स्वीकृति प्रदान गरिएको हो।

Esewa
Crest

विभागका अनुसार आव २०७९।८० मा कुल ३३ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। त्यसअघि आव २०७८।७९ मा भने ५४ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको थियो।

आव २०८०।८१ मा स्वचालित रुटमार्फत १६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति लिएका छन्। विभागका कुल १६ अर्ब १९ करोड ९४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति दिइएको छ।

विभागका अनुसार जेठमा २ अर्ब रुपैयाँ र असारमा ५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०।८१ मा स्वचालित रुटमार्फत साना लगानीका लागि स्वीकृतमध्ये ६९ वटा पर्यटन व्यवसायका लागि कुल ८ अर्ब ८० करोड ६४ लाख रुपैयाँको स्वीकृति जारी गरिएको छ। स्वचालित रुटमार्फत गरिएको प्रतिबद्धतामध्ये ५० प्रतिशतभन्दा बढी रकम पर्यटन व्यवसायकै लागि छ। यसैगरी यो रुटबाटै अन्य सेवामुलक ३५ वटा उद्योगका लागि ५ अर्ब ८८ करोड रूपैयाँ प्रत्यक्ष लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

आर्थिक वर्ष २०८०।८१ को वैदेशिक लगानीको प्रतिबद्धता। श्रोतः उद्योग विभाग

विभागका अनुसार असार महिनामा मात्रै स्वचालित रुटमार्फत ५ अर्ब १ करोड ८२ लाख २५ हजार रुपैयाँबराबरको वैदेशिक लगानी गर्ने स्वीकृति जारी गरिएको छ। विभागका अनुसार शेयर खरिद सम्झौतामार्फत ११ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ विदेशी लगानिको प्रतिबद्धता प्राप्त भएको छ।

वैदेशिक लगानीका उद्योग व्यवसायले २२ हजार रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वैदेशिक लगानी सम्बन्धित स्थलगत सर्वेक्षण २०२३ का अनुसार नेपालमा २०७९ असार मसान्तसम्म ५७ देशबाट २ खर्ब ६४ अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी गरिएको थियो। जसमध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड र दोस्रोमा चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ लगानी भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS