IME Life New

४० प्रतिशत हकप्रद जारी गर्न नेपाल इन्स्योरेन्सले पायो ‘ए माइनस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यूनत्तम चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको निर्जीवन बीमक नेपाल इन्स्योरेन्स कम्पनीले ए माइनस क्रेडिट रेटिङ पाएको छ। इन्फोमेरिक्स नेपालले प्रस्तावित हकप्रद शेयर निष्काशन प्रयोजनका लागि गरेको वित्तीय सबलता मूल्यांकनका आधारमा यस्तो रेटिङ पाएको हो ।

इन्फोमेरिक्सका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने शेयर निष्काशनकर्ता संस्थाको वित्तीय सबलता सन्तोषजनक हुन्छ। र यस्तो संस्थाले समय सीमाभित्र वित्तीय दायीत्व समेत पुरा गर्न सक्षम हुन्छ।

Esewa
Crest

नेपाल इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ। ६५ करोड ७६ लाख ९६ हजार रूपैयाँ थप पूँजी जुटाउनेछ । हकप्रद शेयरको पूर्ण वितरणपछि यो कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार रूपैयाँ कायम हुनेछ । यो रकम नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँभन्दा १९ करोड ८० लाख रूपैयाँ अपुग हुनेछ ।

जोखिम व्यवस्थापनका कारण न्यून दाबी अनुपात, जोखिम स्वीकार्ने विशेष रणनीति, उच्च पुनर्बीमा आयको साथै विविध क्षेत्रमा गरेको लगानी र प्रतिफलको साथै खुद बीमाशुल्क आम्दानीले रेटिङका लागि सबल पक्षका रूपमा हेरिएको इन्फोमेरिक्स नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । यसबाहेक इन्स्योरेन्सको सोल्भेन्सी अनुपातले पनि रेटिङका लागि बल पुगेको छ।

निर्जीवन बीमा कम्पनीहरूको औसत दाबी अनुपात ६० प्रतिशत रहेकोमा यो इन्स्योरेन्सको आव २०७७।७८ देखि २०७९।८० सम्म दाबी अनुपात ३० देखि ४० प्रतिशत भित्र सीमित रहेको छ । यो बाहेक उच्च पुनर्बीमा कमिशनका कारण खुद बीमाशुल्क आम्दानीको तुलनामा पुनर्बीमा कमिशन खर्च रकम जम्मा २० देखि ३० प्रतिशतको सीमा भित्र रहेको छ।

नेपाल इन्स्योरेन्सको वित्तीय अवस्था । श्रोतः इन्फोमेरिक्स नेपाल

काठमाडौंको न्यूरोड, कमलादीको साथै वीरगञ्ज र भरतपुरमा रहेको घरजग्गाको ऐतिहासिक मूल्य विधि अनुसार इन्स्योरेन्सले जम्मा ७ करोड ८३ लाख ९० हजार रूपैयाँ सम्पत्ति मूल्य निर्धारण गरेको छ। चलनचल्तीको भाउ अनुसार यी घरजग्गाको भाउ ६९ करोड २० लाख रूपैयाँ छ। यो स्थिर सम्पत्तीका कारण इन्स्योरेन्सले लगानीकर्ताको लगानीको सुरक्षाको थप प्रत्याभूति दिलाउँछ।

७५ वर्ष पुरानो इतिहास बोकेको यो इन्स्योरेन्सको बजार हिस्सा भने जम्मा ४ प्रतिशतमा सीमित छ। गत आव २०७९।८० मा यसको कुल बीमाशुल्क आम्दानी १ अर्ब ५८ करोड ६० लाख रूपैयाँमा सीमित रहेको थियो ।

नेपालको पहिलो यो इन्स्योरेन्समा संस्थागत लगानीकर्ताका रूपमा हाल नेपाल बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS