IME Life New

वाणिज्य बैंकहरुबाट ११ महिनामा साढे ९३ अर्ब हायर पर्चेज कर्जा प्रवाह, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म वाणिज्य बैंकहरुले साढे ९३ अर्ब रुपैयाँ हायर पर्चेज लोन (गाडी कर्जा) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठसम्म २० वटा वाणिज्य बैंकले कुल ९३ अर्ब ५५ करोड ४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। सबैभन्दा बढी गाडी कर्जा नबिल बैंकले गरेको देखिएको छ। यो बैंकले १० अर्ब ६६ करोड रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। जुन वाणिज्य बैंकहरुको कुल गाडी कर्जा प्रवाहको ११.३९ प्रतिशत हिस्सा हो।

Esewa
Crest

दोस्रोमा हिमालयन बैंक रहेको छ। यो बैंकबाट जेठसम्म ७ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ कर्जा भएको छ। गाडी कर्जामा यो बैंकको हिस्सा ७.८५ प्रतिशत रहेको छ।

धेरै गाडी कर्जा प्रवाह गर्ने वाणिज्य बैंकमा ग्लोबल आइएमई तेस्रो स्थानमा रहेको छ। यो बैंकले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो समग्र वाणिज्यले गाडी कर्जाको ७.५८ प्रतिशत हिस्सा हो।

सबैभन्दा कम माछापुच्छ्रे बैंकबाट गाडी कर्जा गएको छ। यो बैंकले ४६ करोड १२ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS