IME Life New

पैसा थुप्रिएपछि लगातार घट्दै बैंकहरुको सीडी रेसियो, निक्षेप र कर्जाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणाली निक्षेप थुप्रिएसँगै सीडी रेसियो लगातार घटिरहेको छ। कर्जाको माग नबढ्नु र निक्षेप थुप्रिँदै जानुले सीडी रेसियो लगातार घटिरहेको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो घटेर ७७.७५ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७७.८४ प्रतिशत थियो। बैंकहरुले सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम राख्न पाउने नियामकीय प्रावधान छ।

Esewa
Crest

यसैगरी असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा एकैदिन ६ अर्ब रुपैयाँले घटेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ५० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ५६ अर्ब रुपैयाँ थियो। यो एक दिनमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी भने ५ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको छ।

असार २६ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप भने स्थिर रहँदै ६४ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ५७ अर्ब रुपैयाँ नै थियो। अघिल्लो दिनको तुलनामा वाणिज्य बैंकहरुको कुल निक्षेप भने असार २६ मा १ अर्ब रुपैयाँले बढेर ५७ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ।

असार २६ मा बैंकहरुको अन्तरबैंक ब्याजदर २.९८ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS