IME Life New

क्यूआरको प्रयोगमा उल्लेख्य वृद्धि, करिब ९२%ले बढ्यो कारोबार, वालेटबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय माध्यमबाट हुने कारोबारले नेपालमा गति लिइरहेको छ। नेपाल राष्ट्र बैंकले पनि नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेको छ। अहिले सानादेखि ठूलठूला मलसम्म वित्तीय माध्यमबाट कारोबार हुने क्रम बढ्न थालेको छ।

पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने क्यूआरबाट हुने भुक्तानी ९१.९१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जेठसम्म क्यूआरबाट २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। चालु आर्थिक वर्षको जेठसम्म क्यूआरबाट ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ भएको छ।

Esewa
Crest

यसैगरी वालेटबाट हुने कारोबार ४५.७१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको जेठसम्म वालेटबाट २० अर्ब १४ करोड ५० लाख रुपैयाँको कारोबार भएको चालु आर्थिक वर्षको जेठसम्म २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।

पीएसओबाट हुने कारोबार पनि चालु आर्थिक वर्षको जेठसम्म बढेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म पीएसओबाट ५ अर्ब ५० लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS