IME Life New

चुक्ता पूँजी थप्न हकप्रद शेयर निष्काशनको तयारीमा रहेको प्रभू इन्स्योरेन्सले पायो त्रिपल बी रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी जुटाउनका लागि हकप्रद शेयर निष्काशनको तयारीमा रहेको प्रभू इन्स्योरेन्सले त्रिपल बि प्लस इस्युअर रेटिङ पाएको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि दिएको यो रेटिङले वित्तीय दायीत्व समयमै पुरा गर्ने सवालमा प्रभू इन्स्योरेन्सको वित्तीय सबलता मध्यम स्तरको रहेको जनाउँछ । इन्फोमेरिक्स नेपालका अनुसार प्रभू इन्स्योरेन्समा वित्तीय दायीत्व सम्बन्धी मध्यम स्तरको जोखिम रहेको छ।

Esewa
Crest

इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जनका हिसाबले कुनै पनि क्षेत्रको योगदान ३९ प्रतिशतभन्दा बढी छैन। यसले यो कम्पनीको व्यापारमा योगदानका हिसाबले क्षेत्रगत निर्भरता सन्तुलित रहेको छ। मोटर बीमाबाट ३९ प्रतिशत बीमाशुल्क आर्जन गरि रहेको यो इन्स्योरेन्सले यही क्षेत्रबाट अधिक खुद धारणका कारण खुद बीमाशुल्क आम्दानीमा उल्लेख्य योगदान अनुभव गरेको छ ।

इन्जिनियरिङ क्षेत्रले खुद बीमाशुल्क आम्दानीमा २२ प्रतिशतको योगदान दिएको छ, तर जम्मा ७ प्रतिशत मात्र खुद धारण भएकाले यसले खुद बीाशुल्क आम्दानीमा जम्मा ४ प्रतिशत योगदान दिएको छ । विविध बीमाबाट १६ प्रतिशत कुल बीमाशुल्क आर्जन गरिरहेको यो कम्पनीको खुद बीमाशुल्क आम्दानीमा यो व्यापारको योगदान दोश्रो सर्वाधिक १९ प्रतिशत रहेको छ।

चालू वित्तीय दायीत्वको तुलनामा चालू सम्पत्तीको अनुपात९सोल्भेन्सी मार्जिन० १।९४  रहेको छ। यो अनुपात बीमा नियामक प्राधिकरणले तोकेको न्यूनत्तम अनुपात १।५ गुणा भन्दा राम्रो हो । तर निकट भविष्यमै चुक्ता पूँजी वृद्धि गर्नुपर्ने दबाबका कारण सोल्भेन्सी मार्जिन नियामकीय सीमाभन्दा माथि राख्न चुनौती हुनसक्ने इन्फोमेरिक्सले विज्ञप्तीमा उल्लेख गरेको छ।

गत आर्थिक वर्ष २०७९।८० मा १ अर्ब ६५ करोड ९० लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यो निर्जीवन बीमकले चालू आवको पहिलो नौ महिनाको अवधिमा १ अर्ब ३२ करोड ७० लाख रूपैयाँ आर्जन गरेको छ। खुद बीमाशुल्क आम्दानी गत आव भरको ६६ करोड १० लाख रूपैयाँ रहेकोमा चालू आवको चैत्र मसान्तभित्रै ६७ करोड २० लाख रूपैयाँ खुद बीमाशुल्क कमाइ गरि सकेको छ।

प्रभु इन्स्योरेन्सले प्राधिकरणले निर्धारण गरेको न्यूनत्तम चुक्ता पूँजीका लागि नपुग रकम जुटाउन ५०।१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ। इन्स्योरेन्सले  पुर्‍याउन १०० रूपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५।४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन समेत दिइ सकेको छ।

शेयर निष्काशन तथा व्यवस्थापनका लागि प्रभू इन्स्योरेन्सले एनआईसी एशिया क्यापिटल लिमिटेडलाइ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS