IME Life New

दलका नेताहरू सत्ताको लुछाचुँडीमा लागि रहँदा नेपालबारे के भन्यो अन्तर्राष्ट्रिय मुद्रा कोषले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सत्तारोहणका लागि राजनीतिक खिचातानी चलि रहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोषले राजनीतिक अस्थिरताका कारण देशको आर्थिक पुनरूत्थानको गतिलाई प्रभावित पार्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

नेपालका लागि विस्तारित कर्जा सुविधा (इसीएफ) व्यवस्था अन्तर्गतको चौथो समीक्षामा आईएमएफको कार्यकारी बोर्डको बुधबारको बैठकपछि कोषले न्यून पूँजीगत खर्च, वित्तीय क्षेत्रको कमजोरी, सहकारीसँग सम्बन्धित समस्या र राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक पुनरुत्थानको गतिलाई प्रभावित पार्ने सम्भावना रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

Esewa
Crest

कोषको अन्तर्राष्ट्रिय मौद्रिक पर्यवेक्षकले आर्थिक सुधारका उपाय कार्यान्वयनमा प्रमुख अवरोधका रूपमा रहेका विषयलाई औंल्याउँदै चिन्ता व्यक्त गरेको हो ।

कोषले भनेको छ, पूँजीगत आयोजनाहरूको कार्यान्वयन दर बढाउन असफल भएमा अर्थतन्त्रलाई आवश्यक पर्ने प्रोत्साहनबाट वञ्चित हुनेछ र वृद्धिमा असर पर्नेछ। कमजोर राजनीतिक स्थिरताले नीतिको निरन्तरता र सुधार कार्यान्वयनमा बाधा पुर्‍याउन सक्छ ।

पछिल्लो राजनीतिक घटनाक्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेको छ । प्रधानमन्त्री दाहाल डेढ वर्षमा पाँचौं पटक विश्वासको मत लिने प्रयास गरेका थिए । त्यसैगरी सरकारले आर्थिक वर्ष २०८०/८१ को विकास बजेटको ५७ प्रतिशत मात्रै खर्च गरेको छ ।

कोषले आफ्नो प्रतिवेदनमा खराब कर्जामा थप वृद्धि वा सहकारी ऋणदाताको असफलता जस्ता वित्तीय क्षेत्रको कमजोरीको तीब्र बिस्तारले बैंकिङ प्रणालीको सुदृढतालाई खतरामा धकेल्न सक्ने उल्लेख गरेको छ। यसबाहेक बाह्य तत्वका रूपमा, उच्च मूल्य वृद्धि र प्राकृतिक प्रकोपको जोखिमले पनि आर्थिक वृद्धि दरलाई सुस्त बनाउने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS