IME Life New

वाणिज्य बैंकहरुको नाफा करिब साढे ५६ अर्ब, नबिल अगाडि, पछ्याउँदै ग्लोबल आइएमई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म करिब साढे ५६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नाफा आर्जनका हिसाबले नबिल बैंक अग्रस्थानमा रहेको छ। यो बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। वाणिज्य बैंकहरुको कुल नाफामा नबिल बैंकको हिस्सा ११.२८ प्रतिशत रहेको छ।

Esewa
Crest

यसैगरी उच्च नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कुल नाफामा यो बैंकको हिस्सा ९.०१ प्रतिशत रहेको छ।

तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ। जेठसम्म यो बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन वाणिज्य बैंकहरुको कुल नाफामा ७.७६ प्रतिशत हिस्सा हो।

बढी नाफा आर्जनको हिसाबले प्राइम कमिर्सयल बैंक र एभरेस्ट बैंकले क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। जेठसम्म प्राइमले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्टले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छ्न। कुल नाफामा प्राइमको हिस्सा ६.२९ प्रतिशत र एभरेष्टको हिस्सा ५.८७ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ। यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। वाणिज्य बैंकहरुको कुल नाफामा नेपालको बैंकको हिस्सा १.९१ प्रतिशतमात्रै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS