IME Life New

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% प्राइम डिबेञ्चर २०९१” नामक प्रति ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले अंकित मुल्य १ हजार रुपैयाँ दरको ३० लाख कित्ताले हुने रकम रु.३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

जसमध्ये ६० प्रतिशत अर्थात १८,००,००० कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवर बाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १२,००,००० कित्ताले हुन आउने रकम रु.१ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

Esewa
Crest

उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS