IME Life New

आईएमएफबाट ४.१३ करोड डलर विस्तारित ऋण सुविधा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ४ करोड १३ लाख अमेरिकी डलरबराबरको विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ।

आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै ईसीएफअन्तर्गत उक्त रकम स्वीकृत गरेको हो। यो ईसीएफको चौथो अर्थात अन्तिम किस्ता हो।

Esewa
Crest

सन् २०२२ जनवरी १२ मा आईएमएफको कार्यकारी बोर्डले नेपाललाई ईसीएफअन्तर्गत ३७ करोड १६ लाख डलर रकम प्रदान गर्नका लागि अनुमोदन गरेको थियो। जुन आईएमएफको कोटाको १८० प्रतिशत हो। हालसम्म ईसीएफअन्तर्गत तीन किस्ता आईएमएफले नेपाललाई उपलब्ध गराइसकेको छ। अब यो चौथो किस्ता पनि उपलब्ध गराउनेछ।

ईसीएफमार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको आईएमएफले जनाएको छ। कोरोना महामारी तथा विश्वव्यापी जोखिमको अवस्थालाई आन्तरिक रुपमा न्यूनीकरण गर्दै आर्थिक गतिविधिमा नेपालले प्रभावकारी भूमिका निर्वाह गरेको आईएफएमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो कार्यक्रमले नेपाललाई अन्य विकास साझेदारबाट थप वित्तीय सहयोग उपलब्ध गराउन सहयोग पुग्ने आईएमएफले जनाएको छ।

वित्त वर्ष २०२३।२४ मा ३ प्रतिशतको हाराहारीमा अनुमान गरिएको नेपालको आर्थिक वृद्धि बलियो घरेलु मागका कारण २०२४।२५ मा ४.९ प्रतिशत हुने आईएमएफको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS