IME Life New

बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब थपिँदा ३ अर्ब बाहिरियो, अन्तरबैंक ब्याजदर फेरि ३% तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब रुपैयाँ थपिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २४ गते एकैदिन बैंकिङ प्रणाली १२ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब २१ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

असार २४ मा भने बैंक तथा वित्तीय संस्थाहरुबाट थप ३ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन असार २३ गतेसम्म कुल कर्जा लगानी ५१ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो।

असार २४ मा वाणिज्य बैंकहरुको कुल निक्षेप भने १० अर्ब रुपैयाँले बढेर ५७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो।

असार २४ मा वाणिज्य बैंकहरुबाट ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। कुल कर्जा लगानी ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४५ खर्ब ५९ अर्ब रुपैयाँ थियो।

कर्जाको मागभन्दा निक्षेप थुप्रिने क्रम बढेसँगै बैंकहरुको औसत सीडी रेसियो ७८.१३ प्रतिशत झरेको छ। असार २४ मा अन्तरबैंक ब्याजदर भने २.९३ प्रतिशतमा ओर्लेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS