IME Life New

मैले बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने हुँदैनः गभर्नर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू सार्वजनिक कार्यक्रममा बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने नहुने स्पष्ट पारेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आज मौद्रिक नीतिका विषयमा गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘मौद्रिक नीति आउनुअघि कस्तो नीति आउँछन् भनेर मैले बोल्न मिल्दैन’, उनले भने, ‘तर, बोलिहालेकै अवस्थामा मैले भनेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने हुँदैन।’

Esewa
Crest

मौद्रिक नीति तयारी गर्ने काम अहिले राष्ट्र बैंक भइरहेको गभर्नर अधिकारीले जानकारी दिए। ‘केन्द्रीय बैंकका अधिकारीहरुले मौदिक नीतिको तयारीमा गहन छलफल गरिरहेका छन्’, उनले भने, ‘मौद्रिक नीति देशको परिस्थिति र आवश्यकताअनुसार तयार गर्ने काम हुन्छ। यसमा टेक्निकल कुराहरु पनि हुन्छन्।’

मौद्रिक नीतिमा सुझाव दिने सल्लाकार समिति र त्यसमा विभिन्न विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरु रहेको गभर्नर अधिकारीले बताए। ‘पोलिसी रेट कति हुनुपर्छ, बैंक रेट कति हुनुपर्छ भन्ने विषयमा उहाँहरुले सुझाव दिनुहुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS