IME Life New

ढुवानी व्यवसायीलाई प्यान लिएरमात्रै कारोबार गर्न निर्देशन, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ढुवानी व्यवसायीलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएरमात्र कारोबार गर्न निर्देशन दिएको छ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै ढुवानी व्यवसायीलाई प्यान लिएर मात्रै कारोबार गर्न निर्देशन दिएको हो। कतिपय ढुवानी व्यवसायीले प्यान नलिई कारोबार गरिरहेको जानकारी प्राप्त गरेपछि विभागले यस्तो निर्देशन दिएको हो।

Esewa
Crest

आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आयआर्जन गर्न चाहने व्यक्ति, विभागले प्यान लिनुपर्ने भनी तोकेको वा आयकर ऐन, २०५८ को परिच्छेद–१७ अन्तर्गत करकट्टी गर्नुपर्ने जोसुकै व्यक्तिले त्यस्तो आयआर्जन गर्नु वा करकट्टी गर्नुअगावै प्यान लिनुपर्ने व्यवस्था छ। ढुवानी साधन (ट्रक, टिपर, ट्रक्याटर आदि)को धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन गरेका वा ढुवानीका साधनधनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन नगरी अर्को व्यक्ति वा संस्थालाई भाडामा उपलब्ध गराउने गरेका केही ढुवानी व्यवसायीहरुले अहिलेसम्म पनि प्यान नलिएको जानकारी प्राप्त भएको विभागले जनाएको छ।

त्यस्ता व्यवसायीले यथाशीघ्र प्यान लिई कारोबार गर्न विभागले निर्देशन दिएको छ। कानुनी व्यवस्थाको बर्खिलाप गरी कारोबार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि विभागले चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS