IME Life New

परिवर्त्य विदेशी मुद्रा भनेको के हो ? नेपालमा कुन-कुन देशका मुद्रा साट्न सकिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सटही अनुमति पाएका विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनिन्छ।

विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएको विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ।

Esewa
Crest

हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका रहेका छन्। जसमा अमेरिकी डलर, अस्ट्रेलियन डलर, सिंगापुर डलर, चाइनिज युआन, डेनिस क्रोनर, बहराइन दिनार, क्यानेडियन डलर, मलेसियन रिङ्गिट र ब्रिटिस पाउन्ड स्टर्लिङ छन्।

यसैगरी युरो, स्विस फ्राङ्क, यूएई दिराम, कतारी रियाल, स्विडिस क्रोनर, हङकङ डलर, दक्षिण कोरियन वन, साउदी अबर रियाल, थाई भाट, कुवेती दिनार र जापानी येन पनि नेपालमा परिवर्त्य मुद्राका रुपमा रहेका छन्।

भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS