IME Life New

राष्ट्र बैंकबाट पाइने सुविधा उपभोगका लागि सम्झौता गर्न आउन बैंकहरुलाई आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने सुविधा उपभोग गर्नका लागि बैंकहरुलाई सम्झौता गर्न आउन आह्वान गरिएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै राष्ट्र बैंकबाट प्राप्त हुने सुविधा उपभोग गर्नका लागि सम्झौता गर्न आउन बैंकहरुलाई आह्वान गरेको छ।

Esewa
Crest

खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर्स रिपो तथा स्थायी तरलता सुविधा उपभोगका लागि काउन्टरपार्टीहरु (इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था)ले राष्ट्र बैंकसँग मास्टर रिपर्चेज एग्रिमेन्ट एवं सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने व्यवस्था छ। विगतमा गरिएको सम्झौता अवधि यही असार मसान्तमा समाप्त हुँदैछ।

सोही कारणले राष्ट्र बैंकले नयाँ सम्झौताका लागि बैंकहरुलाई आउन आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS