GBIME
IME Life

यी हुन् विश्वका १० सबैभन्दा बलिया मुद्रा, किन छन् शक्तिशाली ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर १८० मुद्रा कानुनी रुपमा प्रचलनमा छन्। तीमध्ये सीमित मुद्राले मात्रै अन्तर्राष्ट्रिय कारोबारका लागि मान्यता पाएका छन्। विश्व व्यापार, वित्त र वैदेशिक विनियमका लागि सञ्चितिका लागि ती मुद्रा शक्तिशाली मानिन्छ।

वैदेशिक व्यापारको आकार, वैदेशिक सञ्चिति र विनिमयमा भारी मूल्यका आधारमा विश्वमा शीर्ष १० मुद्राका बारेमा यहाँ वर्णन गरिएको छ।

SKYWELL
Crest

यस्ता छन् १० शक्तिशाली मुद्रा

अमेरिकी डलर

विश्वको सबैभन्दा शक्तिशाली मुद्रा अमेरिकी डलर हो। सन् १७९२ बाट प्रचलनमा आएको यो मुद्रा दोस्रो विश्वयुद्धको अन्त्यपछि लगातार शक्तिशाली मुद्राको सूचीमा शीर्ष स्थानमा रहेको छ। यो मुद्रा विश्वकै ठूलो अर्थतन्त्रको रहेकोले बलियो बनेको छ। विदेशी मुद्रा भण्डारको लगभग ६० प्रतिशत हिस्सा अमेरिकी डलरको रहेको छ। विश्वव्यापी रुपमा सबैभन्दा धेरै व्यापार अमेरिकी डलरमै हुने गरेको छ। सबै अन्तर्राष्ट्रिय विदेशी मुद्रा लेनदेनमा अमेरिकी डलरको हिस्सा ८५ प्रतिशत रहेको छ।

युरो

सन् १९९९ मा ल्याइएको युरो सन् २००२ मा युरोपमा मान्यता पाएको थियो। युरोप २७ सदस्य राष्ट्रमध्ये २० वटा देशको यो आधिकारिक मुद्रा हो। सबैभन्दा कान्छो मुद्रालाई प्रचलनमा आएदेखि विश्वभर विश्वास गरिएको छ। अहिले विश्वव्यापी रुपमा दोस्रो सबैभन्दा बढी व्यापारमा प्रयोग हुन मुद्राका रुपमा रहेको छ। यसले सबै लेनदेनको २१ प्रतिशत हिस्सा ओगटेको छ।

जापानिज येन

विश्वको सबैभन्दा शक्तिशाली मुद्राको सूचीमा जापानिज येन तेस्रो स्थानमा रहेको छ। यो मुद्रलाई सन् १८७१ बाट प्रचलनमा ल्याइएको थियो। येन एसियाकै शीर्ष मुद्रा पनि हो। विश्वव्यापी मुद्रा सञ्चितिको हिसाबले येन चौथो स्थानामा रहेको छ।

पाउन्ड स्टेर्लिङ

पाउन्ड स्टेर्लिङ विश्वकै सबैभन्दा पुरानो मुद्रा हो। यो मुद्राको प्रचलन सन् ७७५ देखि भइरहेको छ। पहिलो पाउन्ड स्टेर्लिङ चाँदीका सिक्काका रुपमा प्रचलनमा थियो। पछि यो बेलायतको अधिकारिक मुद्राका रुपमा प्रचलनमा ल्याइएको थियो। उन्नाइसौँ शताब्दीमा विदेशी सञ्चितिमा पहिलो स्थानमा रहेको यो मुद्रा अमेरिकी डलर आएपछि पछि पर्यो । हाल यो विदेशी सञ्चितिका हिसाबले चौथो स्थानमा रहेको छ।

चिनियाँ युआन

चिनियाँ युआन सन् १९४८ बाट प्रचलनमा आएको हो। यसलाई ‘रिन्मिनबी’ भनेर प्रचलनमा ल्याइएको थियो। यसको अर्थ हो, ‘जनताको मुद्रा’। चीन विश्वकै दोस्रो अर्थतन्त्र भए पनि विश्व कारोबार र सञ्चितिमा पाँचौँ स्थानमा रहेको छ। चीनले डलरको प्रचलन हटाएर विश्व कारोबारमा आफ्नो मुद्रालाई प्राथमिकता दिँदै आएको छ। यही कारणले पनि भविष्य चिनियाँ युआन बलियो स्थितिमा पुग्ने अनुमान गरिएको छ।

अस्ट्रेलियन डलर

अस्ट्रेलियन डलर प्रचलन सन् १९६६ बाट ल्याइएको हो। त्यसपछि अस्ट्रेलियन पाउन्ड प्रचलनमा थियो। प्रचलनमा आएयता अस्ट्रेलियन डलर कारोबारका हिसाबले विश्वको छैटौँ र सञ्चितिको हिसाबले सातौँ स्थानमा रहेको छ।

क्यानेडियन डलर

क्यानेडियन डलर सन् १८५८ बाट प्रचलनमा आएको छ। त्यसअघि क्यानेडियन पाउन्ड प्रचलनमा थियो। क्यानेडियन डलर विदेशी मुद्रा सञ्चितिको हिसाबले छैटौँ स्थानमा रहेको छ भने कारोबारको हिसाबले सातौँ स्थानमा रहेको छ।

स्विस फ्राङ्क

स्विस फ्राङ्कले स्विट्जरल्यान्डको आधिकारिक मुद्राका रुपमा सन् १८५० मा मान्यता पाएको थियो। फ्राङ्क शब्द फ्रान्सेली हो। यसको अर्थ खुला हो। यसअघि फ्रेन्च क्वाइनमा यो शब्दको प्रयोग गरिएको थियो। स्विस फ्राङ्क विश्वकै सुरक्षित मुद्राका रुपमा रहेको छ। फेस भ्यालुको हिसाबले स्विस फ्राङ्क अमेरिकी डलरभन्दा बलियो रहेको छ। स्विट्जरल्यान्डमा स्थिर सरकार रहेको छ। यसको अर्थतन्त्र पनि बलियोछ। विश्वका व्यापारीहरुका लागि स्विट्जरल्यान्ड सम्पत्ति व्यवस्थापनका लागि सुरक्षित स्थान पनि हो। व्यापारको हिसाबले स्विस फ्राङ्क अठौँ स्थानमा रहेको छ।

हङकङ डलर

हङकङ डलरको प्रचलनमा सन् १८६३ बाट भएको हो। हङकङ विश्व व्यापारको केन्द्रका रुपमा रहेको छ। हङकङ अर्थतन्त्र बलियो बन्दै गइरहेको छ। यही कारणले यो देशको मुद्रा कारोबारका लागि नवौँ स्थानमा रहेको छ। यद्यपि विश्व व्यापारमा यो मुद्राको हिस्सा थोरै रहेको छ।

न्युजिल्यान्ड डलर

न्युजिल्यान्ड डलरको प्रचलन पनि न्युजिल्यान्ड पाउन्डलाई हटाएर ल्याइएको हो। सन् १९६७ बाट न्युजिल्यान्ड डलर प्रचलनमा रहेको छ। गतिलो अर्थतन्त्र, स्थिर सरकार र बलियो प्रशासनका कारण न्युजिल्यान्ड डलर विश्व कारोबारमा प्रयोग हुने शक्तिशाली मुद्रामध्ये एक हो। न्युजिल्यान्डले विशेषगरी पाउडर दूध निर्यात गर्दै आएको छ। कारोबारमा प्रयोग हुने हिसाबले न्युजिल्यान्ड डलर दसौँ स्थानमा रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS