GBIME
IME Life

नेपाल एसबिआई बैंकले मनायो वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे। उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए।

SKYWELL
Crest

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे। प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीलाई धन्यवाद ज्ञापन गरे।

यसका साथै बैंकले सोहीे अवसरमा सबै शाखा तथा कार्यालयबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई मिठाई वितरण गरेको थियो।

नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक (जनकपुर) र रामपुर बजार (पाल्पा) सहित १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटीएम तथा १ कर्पोरेट अफिसबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS