IME Life New

ह्याकरको अहिलेसम्मकै ठूलो आक्रमण, १ हजार करोड पासवर्ड लिक, कसरी रहने सुरक्षित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइबर ह्याकरहरुले ठूलो हमला गरेको एउटा घटना सार्वजनिक भएको छ। उनीहरुले करिब १ हजार करोड पासवर्ड लिक गरेका छन्।

मिडिया रिपोर्टका अनुसार यो अहिलेसम्मकै ठूलो डाटा लिक घटना हुन सक्छ। ओबामा केयर नामक ह्याकरहरुले ९९५ करोड पासवर्ड लिक गरेका छन्। यसैबीच रकयू२०२४ को रिपोर्टले विश्वभर एकल स्तरमा प्रयोग गरिएका पासवर्डहरु लिक भएको दाबी गरेको छ। यसमा धेरै सेलिब्रेटीका पासवर्ड पनि छन्।

Esewa
Crest

साइबर न्युज डटले आफ्नो रिपोर्टमा ओबामा केयर नामका एक प्रयोगकर्ताले एउटा फाइल पोस्ट गरेको जनाएको छ। यस फाइलको नाम रकयू२०२४ डट टीएक्सटी हो। यस फाइलमा ती डाटा रहेको छ। रकयू२०२४ मा धेरै सेलिब्रेटीको विवरण उनीहरुको खातामा अनाधिकृत पहुँच प्राप्त गरेपछि लिइएको छ।

रकयू२०२४ले यो पहिलोपटक डाटा लिक गरेको भने होइन। रिपोर्टका अनुसार यसअघि पनि ह्याकरहरुले करिब ८.४ अर्ब प्लेन टेक्स्ट पासवर्ड लिक गरिसकेका थिए। धेरै विज्ञहरुले साइबर सेक्युरिटीका लागि बनेका नियम र कानुनको पालना गर्न र साइबर समाचारबाट आफूलाई बचाउन सुझाव दिएका छन्।

ह्याकरहरुबाट बच्नका लागि बेला–बेलामा आफ्नो अकाउन्ट पासवर्ड रिसेट गर्नुपर्छ। बलियो पासवर्ड पनि प्रयोग गर्नुपर्छ। यसका साथमा लगइनका लागि मल्टी फेक्टर अथेन्टिकेसन प्रयोग गर्नुपर्छ। सबै वेबसाइटहरुका लागि फरक–फरक पासवर्ड प्रयोग गर्नु उपयुक्त हुन्छ। सबै ठाउँमा एउटै पासवर्ड प्रयोग गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS