IME Life New

प्रभु बैंकका ग्राहकले टी थ्री थकाली र साइनो तन्दुरीको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं स प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टी थ्री थकाली ग्रुप प्रा.ली.का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाइले हस्ताक्षर गरे ।  सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पुर्याउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।

सो अनुसार यहाँ आउने जो कोहीले पनि टी थ्री थकाली एण्ड मल्टी क्यूजीङमा एन्थेटीक थकाली खानाको स्वाद लिन सक्नेछन् भने साइनो तन्द्री एण्ड सेकुवा कर्णरल मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत  करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ

साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैंक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS