IME Life New

एउटा मात्रै सहकारी संस्थाको सञ्चालक बन्न निर्देशन, नत्र कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी संस्थाहरुमा सञ्चालक बन्नका लागि सहकारी विभागले कठोर निर्देशन दिएका जारी गरेको छ। विभागले आज सबै सहकारी संघसंस्थाहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै एक व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर विभागले यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटामात्रै संस्थाको सञ्चालक पद कायम राखी अन्यत्रको त्याग्न निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ।

Esewa
Crest

यस सन्दर्भमा सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झिनुपर्ने विभागले स्पष्ट पारेको छ। यो शब्दले सहकारी बैंकलाई समेत जनाउने विभागले प्रस्ट्याएको छ।

यसैगरी सञ्चालक भन्नाले सहकारी ऐनको दफा (४१) को उपदफा (१) बमोजिम सञ्चालक समितिको सदस्य सम्झनुपर्ने र यो शब्दले समितिको पदाधिकारीलाई समेत जनाउने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS