काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई चितवनको रत्ननगर–०१, टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बैंकले तोकेको उक्त समयभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति संस्थालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।