IME Life New

बीमा दाबी भुक्तानी मार्गदर्शनः जाँचबुझ प्रतिवेदन तयार गर्न सर्भेयरलाई १५ दिनको समय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सर्भेयरले अब १५ दिनभित्र घटनाको जाँचबुझ गरी प्रतिवेदन तयारी गरेर बीमकसमक्ष पेस गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ मा सर्भेका लागि खटिएका सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमालेखको सर्त तथा सुविधाको अधीनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरणसहितको प्रतिवेदन सम्बन्धित बीमा कम्पनीसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको हो। यसको जानकारी बीमितलाई समेत दिनुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

Crest

सर्भे प्रतिवेदन तयार गरी बीमकको दायित्व निर्धारण गर्न आवश्यक कागजात अपुग भएमा सर्भेयरले बीमितबाट आवश्यक कागजात तथा जानकारी लिखित रुपमा माग गर्नुपर्ने र बीमितले पत्र बुझेको भर्पाइ प्रतिवेदनसाथ पेस गर्नुपर्ने नियम पनि मार्गदर्शनमा राखिएको छ।

बीमितले माग गरेको कागजात पेस नगरेमा वा अन्य कुनै कारणले बीमकको दायित्व निर्धारण गरी अन्तिम सर्भे प्रतिवेदन पेस गर्न नसक्ने अवस्था भएमा सर्भेयरले सर्भे कार्यका लागि नियुक्त भएको मितिले १५ दिनभित्र प्रतिवेदन ढिला पेस हुनुको कारणसहित उपलब्ध कागजातका आधारमा संक्षिप्त प्रतिवेदन अनिवार्य रुपमा बीमकसमक्ष पेस गर्नुपर्नेछ। सोको बोधार्थ बीमितलाई समेत उपलब्ध गराउनुपर्ने नियम राखिएको छ।

तोकिएको अवधिमा सर्भेयरले सर्भे प्रतिवेदन वा संक्षिप्त प्रतिवेदन बीमकलाई उपलब्ध नगराएमा बीमकले उक्त प्रतिवेदनहरु पेस गर्न नसक्नुको कारणसहित लिखित जबाफ माग गर्नुपर्नेछ।

सर्भे प्रतिवेदन बीमकसमक्ष पेस गरेको साधारणतया २१ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ। तोकिएको अवधिभित्र बीमकले दाबी भुक्तानी गर्न नसकेमा वा गर्नु नपर्ने भएमा सोको कारणसहितको लिखित जानकारी र सोविरुद्ध नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सकिने व्यवस्थाका बारेमा समेत बीमितलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS