IME Life New

नियामक नभएका विदेशी कम्पनीलाई राष्ट्र बैंकको लचिलो नीति, सहज भयो नेपालबाट नाफा लैजान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामक नभएका विदेशी कम्पनीका शाखा नेपालबाट नाफा लैजान सहज नीति ल्याएको छ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायहरुका लागि जारी एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै सहज नीति लिएको हो। परिपत्र दफा ५ को बुँदा नं. १८ मा त्यस्ता विदेशी कम्पनीको शाखाको खुद नाफा रिप्याट्रियसन गरिदिनेसम्बन्धी रकम तथा आर्थिक वर्षसमेत खुल्ने गरी सम्बन्धित नियामक निकायको सिफारिसपत्र लिनुपर्ने व्यवस्था छ। यो व्यवस्थाले नियामक निकाय यकिन हुन नसकेका विदेशी कम्पनीका शाखालाई नेपालबाट नाफाबापतको रकम लैजान असहज भएको थियो।

Esewa
Crest

राष्ट्र बैंकले परिपत्रमा उक्त दफामा थप व्यवस्था गर्दै नियामक निकाय यकिन हुन नसकेका विदेशी कम्पनी शाखाको हकमा नाफाबापतको रकम लैजान पाउने सहज व्यवस्था गरिएको थियो। अब नेपालमा त्यस्ता कम्पनीको शाखाको नियामक निकाय नभएको स्वःघोषणा सम्बन्धित निवेदकबाट प्राप्त भई पेस हुन आएमा सम्पूर्ण कागजातबाट सहटी सुविधा उपलब्ध गराउनुपर्ने व्यहोरा पुष्टि हुन आएमा त्यस्तो शाखाले आर्जन गरेको नाफा नेपालबाट लैजान पाउने भएका छन्।

त्यस्ता कम्पनीको शाखाले आर्जित नाफाबाट बैंक तथा वित्तीय संस्थामा राखी आर्जन गरेको ब्याजबाहेकको रकममा प्रचलित व्यवस्थाबमोजिम कर कट्टी गरी बाँकी रकमको रिप्याट्रियसन स्वीकृति गर्न यो व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS