IME Life New

सिद्धार्थ प्रिमियर शाखा विस्तारमा अगाडि, शिखरसँग सबैभन्दा बढी जनशक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांक हेर्दा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमकको देशभर करिब १ हजार ४३ संख्या पुगेको छ। यो अवधिसम्म यी कम्पनीमा ५ हजार ५७२ कम्पनी कार्यरत रहेको देखिन्छ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार शाखा सञ्जाल विस्तारको हिसाबले सिद्धार्थ प्रिमियर अगाडि देखिन्छ। यो कम्पनीको देशभर १२९ शाखा रहेका छन्। जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै ४० र कर्णालीमा सबैभन्दा कम २ वटा शाखा रहेका छन्।

Esewa
Crest

सिद्धार्थ प्रिमियरमा हाल ६२७ कम्पनी कार्यरत छन्। जुन प्रतिशाखा औसत जनशक्ति करिब ५ जनाबराबर हुन आउँछ। शाखा र जनशक्ति विस्तारको हिसाबले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापार राम्रै रहेको नै देखिएको छ। जेठसम्म कम्पनीले ३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन निर्जीवन बीमकहरुमा तेस्रो धेरै व्यापार हो।

यसैगरी दोस्रो धेरै शाखा सञ्जाल हुने निर्जीवन बीमकमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीको देशभर ११७ शाखा छन्। कम्पनीको बागमती प्रदेशमा सबैभन्दा बढी ३६ शाखा र सबैभन्दा कम मधेश प्रदेशमा १० वटा शाखा छन्।

शिखर इन्स्योरेन्समा कुल ६४२ कर्मचारी कार्यरत छन्। यो संख्या निर्जीवन बीमकहरुमध्ये सबैभन्दा बढी हो। कम्पनीमा प्रतिशाखा ५ जनाभन्दा बढी नै कर्मचारी कार्यरत रहेको देखिन्छ।

शिखर इन्स्योरेन्सले जेठसम्म कुल ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन हो। जुन निर्जीवन बीमकहरुको व्यापारमध्ये सबैभन्दा धेरै हो। यस हिसाबले यो कम्पनीको व्यापार विस्तार पनि सन्तोषजनक नै रहेको देखिन्छ।

शाखा सञ्जालाको हिसाबले तेस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। देशभर यो कम्पनीका ११२ शाखा रहेका छन्। कम्पनीको सबैभन्दा धेरै ३० शाखा बागमती र सबैभन्दा कम कर्णालीमा ६ वटा शाखा छन्। कम्पनीमा हाल कुल ६३८ जना कर्मचारी कार्यरत छन्। यो कम्पनीमा पनि प्रतिशाखा औसतमा ५ जनाभन्दा बढी नै कर्मचारी कार्यरत रहेको देखिन्छ।

सगरमाथा लुम्बिनीको व्यापार पनि सन्तोषजनक नै रहेको छ। जेठसम्म सर्वाधिक व्यापार भित्र्याउने निर्जीवन बीमकमा यो कम्पनीको दोस्रो स्थानमा रहेको छ। कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी देशभर युनाइटेड अजोडको १०२, नेकोको १००, हिमालयन एभरेष्टको ८८, एनएलजी इन्स्योरेन्सको ८२, आइजीआई प्रुडेन्सियलको ६८, सानिमा जीआईसीको ६७, नेपाल इन्स्योरेन्सको ५९, प्रभु इन्स्योरेन्सको ५५, राष्ट्रिय बीमा कम्पनीको ३४, ओरियन्टल इन्स्योरेन्सको १७ र नेसनल इन्स्योरेन्सको १३ शाखा रहेका छन्।

देशभर कुल कर्मचारी संख्या युनाइटेड अजोडको ५५७, नेकोको १००, हिमालयन एभरेष्टको ४१६, एनएलजी इन्स्योरेन्सको ४४०, आइजीआई प्रुडेन्सियलको ५००, सानिमा जीआईसीको ३७४, नेपाल इन्स्योरेन्सको ३००, प्रभु इन्स्योरेन्सको २६२, राष्ट्रिय बीमा कम्पनीको ११९, ओरियन्टल इन्स्योरेन्सको ११० र नेसनल इन्स्योरेन्सको ६६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS