IME Life New

बजारमा रु. ६ खर्ब ६७ अर्ब नगद परिचालन, सरकारी कोषमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा ६ खर्ब ६७ अर्ब रुपैयाँ बढी नगद परिचालन गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो।

वित्तीय विवरणअनुसार बजारमा जेठसम्म ६ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ११ महिनामा नगद परिचालन ६.६९ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो ११ महिनामा सरकारी कोष ३९१.४६ प्रतिशतले बढेको छ। २०८० असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। गत जेठसम्म सरकारी कोषको आकार बढेर २ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

जेठसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ६० अर्ब २५ करोड रुपैयाँ रहेको छ। २०८० असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS