IME Life New

भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड बजेट, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौँ अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।

वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न रु ६ करोड विनियोजन गरिएको प्रमुख दाहालले बताइन् ।

Esewa
Crest

दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर रु ३ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ तथा खाद्यान्न उत्पादनको हबको रूपमा विकास गरिने छ, उनले भनिन,‘ वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गरिने छ।’

यस्तै रैथानै बालीको प्रवर्धन, प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन, आई. पि. एम. कृषक पाठशालालाई निरन्तरता, रासायनिक मलको न्यायोचित वितरण तथा नियमन, कृषि सूचना प्रणालीको विकास गरिने छ। कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषिको तथ्यांकलाई सुदृढीकरण, किसानका क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयसंग कृषि तथा पशुपालनको क्षेत्रमा प्रविधि विकास तथा विस्तार र विज्ञ सेवाको लागि सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ । “भरतपुर भ्रमण वर्ष २०२४” को सन्दर्भमा महानगरपालिकामा रहेका उत्कृष्ट कृषि फर्महरूलाई अध्ययन अवलोकन र नमुनाका रूपमा विकास गरी कृषि पर्यटन (एग्रो टुरिज्म) लाई प्रवर्धन गर्न कृषक समूह तथा सहकारीहरूलाई प्रोत्साहन गरिने प्रमुख दाहालले बताइन् ।

“स्वस्थ आहार, स्वस्थ व्यवहार” अनुरूप आफैले आफ्ना लागि तरकारी उत्पादन तथा हरियाली प्रवर्धनका लागि सहरी क्षेत्रमा कौशी र करेसाबारीमा तरकारी, फलफूल तथा फूल खेती प्रवर्धन गर्न प्रोत्साहन गरिने छ । “खेतखेतमा कृषि प्राविधिक, गोठ गोठमा पशु प्राविधिक” नीतिलाई कार्यन्वयनमा लगिने छ ।

भरतपुर महानगरपालिका र विश्वविद्यालय तथा अन्य शिक्षण संस्थाहरूसंग सहकार्यको माध्यमवाट प्रविधि विकास, प्रसार तथा अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS