काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । दुबै लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट आगामी असार २७ गतेबाट एकीकृत कारोबार गर्दैछन् ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” को दफा ९ मा भएको व्यवस्था बमोजिम हुने गरी संस्थाको शेयर कारोबार रोक्का राख्ने व्यवस्था भए बमोजिम यी कम्पनकिो शेयर कारोबार रोक्का भएको हो ।
नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न गत जेठ २९गते अन्तिम स्वीकृति दिएको थियो ।
1719140942451जाल्पाको १ कित्ता शेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा मर्जर भएको हो । हाल जाल्पा लघुवित्तको चुक्तापूँजी १६ करोड छ भने किसान लघुवित्तको चुक्तापूँजी ४७ करोड १३ लाख रुपैयाँ छ ।
मर्जरपश्चात वित्तीय कम्पनीको केन्द्रीय कार्यालय हाल किसान लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको स्थान लम्कीचुहा ४, कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ठ ८, काठमाडौंमा रहने जनाइएको छ ।
असार २७ गतेदेखि यी दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने भएकाले असार २६ गतेका दिन यी दुई वर्ट लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने जनाइएको छ ।
1719138055857