IME Life New

निष्क्रिय कर्जाले गलायो बैंकिङ क्षेत्रको मनोबल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बढ्दै गएको निष्क्रिय कर्जा झनै बढ्ने संकेत देखिएको छ। जसले बैंकिङ क्षेत्रको मनोबल पनि गलाइरहेको खुलेको छ।

चालु आर्थिक वर्ष (आव)को असार मसान्तमा पनि निष्क्रिय कर्जाको अवस्था नसुध्रिने देखिएपछि बैंकिङ क्षेत्र यतिखेर तनावमा छ। बैंकका कर्मचारीहरुले कर्जा असुलीका लागि पहल गर्दा–गर्दा नउठेपछि आजित बन्नुपरेको सुनाउँदै आइरहेका छन्। जसले यस्तो कर्जाको अवस्थामा सुधार ल्याउन सकेको देखाउँदैन।

Esewa
Crest

बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार निष्क्रिय कर्जा बढ्दै जाने अवस्था अझै केही समयसम्म रहिरहन्छ। तर, कहिलेसम्म बढ्छ भन्ने जबाफ उनीहरुसँग छैन।

बैंकिङ क्षेत्रले कर्जा असुलीका लागि गरेका पहलहरु खेरमात्रै जान थालेको सुनाउँदै आएका छन्। असुलीका लागि विभिन्न बाधा–अड्चनको सामना गर्नुपर्दा पनि समस्या सिर्जना भइरहेको बैंकका कर्मचारीहरु बताउँछन्। एउटामात्रै होइन प्रायः बैंकका कर्मचारीहरु अहिले कर्जा असुलीमा केन्द्रित छन्। तर, पनि कर्जा असुली हुन सकिरहेको छैन। उनीहरुले पनि कर्जा असुली अझै केही समय सुधार नहुने संकेत पाइसकेका छन्।

आइतबारमात्रै राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले खराब कर्जा अनुपात बढेर ८ प्रतिशतसम्म पुग्न सक्ने बताए् । यसले बैंकिङ क्षेत्रमा तनाव र दबाब दुवै थपिएको पुष्टि गरेको छ।

चालु आवको चैतमा बैंकहरुको निष्क्रिय कर्जा अनुपात ३.९८ प्रतिशत छ। सो अनुपात बढेर ७ देखि ८ प्रतिशतसम्म पुग्न सक्ने अध्यक्ष केसीले आँकलन गरेका थिए।

अध्यक्ष केसीमात्रै नभई अन्य बैंकरहरु पनि अहिले यस्तो कर्जामा गिरावट आउने अवस्था नदेखिएको बताउँछन्। त्यसै कारण अहिले प्रायः सभा–समारोहमा बैंकरहरु र जानकारहरुले निष्क्रिय कर्जा अझै बढ्ने बताउँदै तर यसबाट डराउन पर्ने अवस्था भने नरहेको दाबी गर्नसमेत सुरु गरिसकेका छन्। उनीहरुले एकातिर आफ्नो तनाव पोख्ने र अर्कोतिर तनाव मत्थर गर्ने रणनीतिमा मन्तव्य दिन थालेका हुन्।

अध्यक्ष केसीले निष्क्रिय कर्जा बढ्ने भए पनि डराउनु नपर्ने बताए। उनले भने, ‘श्रीलंकाको एनपीएल दर १३ प्रतिशत रहेकोमा हाललाई नेपालको मध्यम मान्नुपर्छ।’

अध्यक्ष केसीले बढीभन्दा बढी लगानी यतिबेला निर्माण क्षेत्रमा फसेको सुनाए। यस्तै कृषि, घरेलु, मझौला तथा साना उद्योगमा पनि लगानी फसेको उनको भनाइ छ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताए। पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात अहिले ३.९८ प्रतिशत पुगेको उल्लेख गर्दै उनले यसले ठूलो दबाब सिर्जना गरेको बताए। ‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ। लोन लस प्रोभिजनको शीर्षकमा रकम बढ्दै गएको छ’, उनले भने।

२०७६ मा गैरबैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको क्षेत्रीले बताए। यस्तै पाँच वर्षअघि १२.५९ रहेको बैंकहरुको रिटर्न अन इक्विटी (आरओई) अहिले ७.६८ प्रतिशत रहेको क्षेत्रीले सुनाए। उनले भने, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS