Connect IPS
IME Life

जहाजको संख्या बढेपछि निर्जीवन बीमकको हवाई बीमाको आम्दानी बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीले हवाई बीमाबाट चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो एघार महिनाको अवधिमा नै पोहोरको भन्दा २९ प्रतिशत भन्दा बढीले व्यापार बढाएका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार निर्जीवन बीमकले जेठ मसान्तसम्ममा १३६ वटा हवाई बीमालेख जारी गरेर कूल २ अर्ब ४८ करोड ३८ लाख ३० हजार रूपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । गत आर्थिक वर्ष २०७९।८० मा निर्जीवन बीमकले १५३ वटा बीमालेख जारी गरेर हवाई बीमाबाट जम्मा १ अर्ब ९२ करोड २ लाख ९१ हजार रूपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए । चालू आवमा हवाई बीमालेखको संख्यामा गिरावट आएपनि बीमाशुल्क आम्दानीमा २९.३४ प्रतिशतले वृद्धि भएको छ।

Prabhu
Crest

हवाई सेवा कम्पनीहरूले सेवा बिस्तारका लागि चालू आर्थिक वर्षमा ६ वटा ठूला विमान र दुईवटा हेलिकप्टर थपेका छन् । आन्तरिक वायू सेवामा नयाँ विमानको संख्या थपिनुको साथै उडान र यात्रु संख्या समेत बढेकाले बीमा कम्पनीहरूले यो क्षेत्रबाट गर्ने बीमाशुल्क आम्दानीमा सकारात्मक प्रभाव परेको हो ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार सन् २०२४ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) को अवधिमा नेपालभरका विमानस्थलबाट १० लाख २१ हजार आन्तरिक यात्रुले आवागमन गरेका छन् । सन् २०२३ को सोही अवधिमा जम्मा ८ लाख ८७ हजार आन्तरिक यात्रुले हवाई मार्गबाट यात्रा गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS