IME Life New

निर्जीवन बीमा कम्पनीले संकलन गरे कुल ३६ अर्ब ३२ करोड रुपैयाँ कुल बीमा शुल्क, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा कुल ३६ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले कुल २६ लाख ८ हजार ७९२ वटा बीमा पोलिसी विक्री गरी ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुलक आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

Esewa
Crest

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS