IME Life New

व्यापार घाटा १३ खर्ब माथि, आयात-निर्यात दुवै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको व्यापार घाटा १३ खर्ब रुपैयाँ माथि रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखाएको छ।

विभागको तथ्यांकअनुसार जेठसम्म मुलुकको व्यापार घाटा १३ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष आयात १.८४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष जेठसम्म १४ अर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएकोमा समीक्षा अवधिमा घटेर १४ अर्ब ५३ अर्ब ७० करोड रुपैयाँको भएको छ।

यसैगरी समीक्षा अवधिसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ वस्तु निर्यात भएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.०१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ निर्यात भएको छ।

समीक्षा अवधिसम्म मुलुकको आयात–निर्यात अनुपात ८.७४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो अनुपात ८.८४ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS