काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि ईच्छा राखी बैंकमा निवेदन पेश गरे बमोजिम बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुनेछ ।
बैंकले तोकिएको ३५ दिनभित्र उक्त शेयर शेयर विक्री नभएको खण्डमा बैंकले सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।