काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले २६ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको बैठकले ‘९% गुहेश्वरी डिबेन्चर–२०८९’ जारी गर्ने निर्णय गरेको हो। अब यो ऋणपत्र निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डसँग अनुमति माग्नेछ।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख ६० हजार इकाइ ऋणपत्र जारी गर्नेछ।
यो ८ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने कम्पनीले जनाएको छ।