Connect IPS
IME Life

गण्डकी प्रदेशका विभिन्न संघसंस्थालाई माछापुच्छ्रे बैंकको सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको हो ।

बैंकले कास्की जिल्ला स्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावि छोडिएका पशु चौपाया र विशेष गरि नेपालको राष्ट्रय जनावर गाईको संरक्षण एंव व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

Prabhu
Crest

छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाको लागि बैंकले उक्त सहयोग गरेको हो । असार ४ गते मंगलबार आयोजित कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् ।

बैंकले वाग्लुङ्ग जिल्ला स्थित जैमीनी नगरपालीकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधिन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आईरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS