IME Life
GBIME

जलवायू परिवर्तनको असरः एक दशकमा ३ हजारभन्दा बढीले ज्यान गुमाए, रू.१९ अर्बको क्षति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्राकृतिक विपत्तीका कारण एक दशकको अवधिमा नेपालमा ३ हजार भन्दा बढी सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको छ भने देशले  १८ अर्ब ७१ करोड रूपैयाँ क्षति व्यहोर्नु परेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणले प्रकाशन गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार २०७१ देखि २०८० सालसम्मको अवधिमा ८४४१ वटा बाढीपहिरो भारी वर्षा र चट्याङ्गका घटना दर्ज गरिएका छन् । यी मध्ये १६०२ बाढी, २८४० पहिरो, १५९७ भारी वर्षात र २४०० चट्याङ्गका घटना भएका थिए । यी घटनामा ३ हजार ५२ जनाको मृत्यु भएको थियो । ७९१ जना बेपत्ता र ४१७६ जना घाइते भए। प्रतिकार्य योजनामा समावेश गरिएको विवरण अनुसार कुल  १६ हजार ५४ घरटहरा पूर्णरूपमा क्षति र  ४६ हजार ६९ घरहरूमा अांशिक क्षति पुगेको थियो ।

Crest

विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा बाढी चट्याङ र पहिरोबाट सबैभन्दा बढी क्षति भएको छ । पहिरोमा पुरिएर १३१४ जनाको ज्यान गएको छ भने चट्याङ लागेर ८८५ जनाले अकालमै ज्यान गुमाउनु परेको थियो ।

बाढीका कारण मात्र एक दशकको अवधिमा नेपाल सरकारको १६ अर्ब ३३ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।

२०७८ असारको मनसुनको समयमा ५२ वटा जलविद्युत अायोजना बाढी पहिरोका कारण क्षति व्यहोरेको छ । साथै खानेपानी अायाेजनाले मात्र पाैने २ अर्ब रूपैयाँ बराबरको क्षति व्यहोरेको छ । गत वर्षको मनसुनमा बाढीका कारण पूर्वको तीन जिल्ला संखुवासभा, ताप्लेजुङ र पाँचथरमा २७ साना ठूला जलविद्युत अायाेजना, २६ झुलुङ्गे पुल, १५ पक्की पुलको नोक्सानी भएको थियो । मनसुन अवधिभर बाढीका १४२ घटनामा १६ जनाको मृत्यु हुनुका साथै ३७२६ जना बेपत्ता भएका थिए ।

सन् २०११ देखि २०२४ फेब्रुअरीसम्मको अवधि ३,२८६ वटा पहिरोका घटना भए । कूल १५३२ जनाको ज्यान गयो । १२ हजार १३१ घरपरिवार प्रभावित भए । पहिरोका कारणा १२८८ छुट्टाछुट्टै वडामा असर भयाे, ४३.९ लाख जनसंख्या र १०.९ लाख घरपरिवार प्रभािवत भए । यसबाहेक ३१२ जना बेपत्ता, ११७ जना घाइते ६३०० घरटहरमा क्षति र १ रअर्ब ७९ करोड बराबरको क्षति सरकारले व्यहोर्नु पर्यो ।

विगतका दशकको तुलनामा हालका वर्षहरूमा पहिरोका घटनामा वृद्धि हुनु र क्षति बढ्नुमा डढेलो र त्यसबाट हुने वनविनाश  मुख्य कारक रहेको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ। चैत्र बैशाखको डढेलोका कारणले बोटविरूवा नष्ट हुँदा भिराला जमिनमा माटोलाइ अड्याइ राख्ने क्षमतामा ह्रासको परिणामस्वरूप साधारण वर्षाको अवस्थामा समेत पहिरो जाने संभावना बढ्छ। त्यस्तै सल्लाजस्ता प्रजातीका बोटविरूवाको भिरालो जमिनमा फैलावटले समेत माटोबाट पानीको मात्रा अत्यधिक शोषण भइ माटो खुकुलो हुनाले पनि पहिरो जाने संभावना रहेको हुन्छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS