IME Life New

सहकारीका ऋणी सदस्यलाई समयमै ऋणको साँवा-ब्याज भुक्तान गर्न ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई समयमै ऋणको साँवा–ब्याज भुक्तानी गर्न ताकेता गरेको छ।

विभागले एक सूचना जारी गर्दै ऋण भुक्तान गर्न ताकेता गरेको हो। ‘सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाका रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको विभागले जनाएको छ। ‘सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० मा सहकारी संस्थाहरुले ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु रहेको व्यहोरा सबैमा विदित नै छ’, सूचनामा भनिएको छ, ‘अतः प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील रहन जानकारी गराइन्छ।’

यसका साथै सहकारी संस्थाका सम्पूर्ण ऋणी सदस्यलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो, सोहीबमोजिम ऋणको साँवा र ब्याजलगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS