IME Life New

एकै प्रकृतिका एकभन्दा बढी सहकारीमा सदस्यता लिनेमाथि कारबाही हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएको भएमा कारबाही हुने भएको छ।

सहकारी विभागले एक सूचना जारी गर्दै एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएका व्यक्तिमाथि कारबाही हुने चेतावनी दिएको हो। त्यस्ता व्यक्ति बेलैमा एक सहकारीमा मात्रै सदस्यता कायम गर्न पनि विभागले निर्देशन दिएको छ।

Esewa
Crest

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थामा सदस्य हुन नपाउने व्यवस्था रहेको छ। ऐत प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ३ वर्षभित्र कुनै एक संस्थाको मात्रै सदस्यता कायम राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ।

सहकारी ऐनको उक्त प्रावधानविपरीत कसैले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्यता लिएको भए आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारीको सदस्यता त्याग्न विभागले निर्देशन दिएको छ। सहकारी संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई अवगत गराएर सोहीबमोजिम गर्न गराउने व्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS