IME Life New

यी ७ इन्टरनेट सेवाप्रदायक संस्थाको अनुमतिपत्र रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवाप्रदायक संस्थाको अनुमतिपत्र रद्द गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला नवीकरणका लागि निवेदन पेस नगरेको ती कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको जनाएको हो। ती कम्पनीलाई नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न तथा बुझाउनुपर्ने रकम ३० दिनभित्र जम्मा गरी प्राधिकरणमा सम्पर्क गर्नसमेत ताकेता गरेको छ।

Esewa
Crest

प्राधिकरणले वशिष्ठ केबल नेट, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी, एसिया नेट कम्युनिकेसन, फास्ट स्पिड लिंक नेटवर्क, यस नेट नेपाल र मिथिला डिजिटल नेपालको ई–मेलसहितको इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS