IME Life New

सेञ्चुरी बैंक घोटाला प्रकरणः नेको इन्सुरेन्सका अध्यक्ष रमेश निरौला प्रहरी फन्दामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको घोटाला प्रकरणमा नेको इन्सुरेन्सका अध्यक्ष रमेशकुमार निरौल मुछिएका छन्। बैंकिङ घोटाला प्रकरणमा उनीसहित तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ र अन्य ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

पक्राउ परेका निरौला तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक थिए। उनी माघ २०७७ सेञ्चुरी बैंकको सञ्चालक बनेका थिए। निरौला २०८० माघ १२ गते नेको इन्सुरेन्सका सञ्चालकमा निर्वाचित भएका थिए। सोही दिन सञ्चालक समितिले निरौलालाई नेको इन्सुरेन्सको अध्यक्षमा नियुक्त गरेको थियो।

Esewa
Crest

यो बैंकिङ घोटाला प्रकरणमा पक्राउ पर्ने अन्यमा तत्कालीन सेन्चुरी बैंक सञ्चालक समितिका सदस्यहरु गीता प्रधान, राजेशकुमार दली, मनबहादुर राई, शिव रिसाल, सुनील न्यौपाने छन्। उनीहरुसँग अहिले सोधपुछ भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बागेटीले जानकारी दिए।

पक्राउ परेकाहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ। उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ।

यसअघि गत वर्ष फागुन १५ गते कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमलगायत ११ जना पक्राउ गरेको थियो। उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए।

सेञ्चुरी बैंक हाल बैंक प्रभु बैंकमा विलय भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS