IME Life New

नेपाल टेलिकमको ‘फोरजी’ सेवा प्रयोग गर्न के-के चाहिन्छ ? तपाइँको मोबाइलमा चल्छ/चल्दैन कसरी हेर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमको ‘फोरजी’ सेवा उपभोग गर्नका लागि तपाइँसँग नेपाल टेलिकमको फोरजी सिमकार्ड, फोरजी सपोर्ट गर्ने मोबाइल सेटका साथै फोरजी कभरेज एरियामा भएको हुनुपर्दछ।

नेपाल टेलिकमबाट बिक्रीवितरण गरिने सबै नयाँ सिमकार्डले फोरजी सपोर्ट गर्ने भएकोले तपाइँसँग फोरजी मोबाइल सेट छ भने तपाइँले नेपाल टेलिकमको फोरजी कभरेज एरियाभित्र मज्जाले यो सेवा प्रयोग गर्न सक्नुहुन्छ।

Esewa
Crest

नेपाल टेलिकमले जनघनत्व कम भएका ग्रामीण क्षेत्रमा टाढासम्म कभरेज हुने गरी एलटीई ब्यान्ड २० (८००एमएचजेड) मा फोरजी सेवा सञ्चालन गरिरहेको छ। जनघनत्व बढी भएका सहरी क्षेत्रमा भने धेरै ग्राहकलाई एकसाथ सेवा प्रदान गर्न सकिने गरी एलटीई ब्यान्ड ३ (१८००एमएचजेड) मा फोरजी सेवा सञ्चालन गरिरहेको छ। गाउँसहर सबैतिर फोरजी सेवा उपयोग गर्न तपाइँको मोबाइल सेटले एलटीई ब्यान्ड ३ (१८००एमएचजेड) र एलटीई ब्यान्ड २० (८००एमएचजेड) दुवै सपोर्ट गर्ने हुनुपर्दछ। तर, नेपालमा हाल बिक्रीवितरण भइरहेका केही सेटहरुले एलटी ब्यान्ड ३ (१८००एमएचजेड) सपोर्ट गर्ने तर केहीले सपोर्ट नगर्ने हुन्छ।

त्यसैले यस्ता सेट भएका ग्राहकले सहरी क्षेत्रमा फोरजी चलाउन सक्ने तर अन्यत्र चलाउन नसक्ने गुनासो प्राप्त भइरहेको नेपाल टेलिकमले जनाएको छ। यसको समाधानका लागि मोबाइल सेट खरिद गर्दा नै उक्त सेटले फोरजी एलटीई ब्यान्ड २० (८००एमएचजेड) र ब्यान्ड ३ (१८००एचएचजेड) दुवै सपोर्ट गर्ने यकिन गरेरमात्र खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ।

खरिद गर्न लागेको मोबाइल सेटको स्पेसिफिकेसन चेक गरी उक्त सेटले टुजी, थ्रीजी वा फोरजी कुन नेटवर्कको कुन–कुन फ्रिक्वेन्सी सपोर्ट गर्दछ वा गर्दैन भन्ने थाहा पाउन सकिन्छ। मोबाइलको आईएमईआई नम्बरका आधारमा उक्त सेटले टुजी, थ्रीजी वा फोरजी कुन नेटवर्कको कुन–कुन फ्रिक्वेन्सी सपोर्ट गर्दछ वा गर्दैन भन्ने थाहा पाउन सकिन्छ। यसका लागि https://www.ntc.net.np/nt-4g-lte-bands मा गई आफ्नो मोबाइलको आईएमईआई नम्बर राखी सर्च गरेर विस्तृत विवरण हेर्न सकिने व्यवस्था पनि नेपाल टेलिकमले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS